चिलिमे जलविद्युत कम्पनीको लाभांश प्रस्ताव

Dec 01, 2020 11:09 AM Merolagani

चिलिमे जलविद्युत कम्पनी (CHCL) ले लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको आज मंगलबार बसेको बैठकले साे दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

संचालक समितिको बैठकले १० प्रतिशत अर्थात ५७ करोड ९ लाख रुपैयाँ बराबरको बोनस र १० प्रतिशत अर्थात ५७ करोड ९ लाख रुपैयाँ बराबरको नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

उक्त लाभांश आगामी २४ औं वार्षिक साधारण सभामा सिफरिस गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ।

कम्पनीले लाभांश पारित गर्न पुस १२ गते २४ औं वार्षिक साधारण सभा समेत बोलाएको छ। उक्त साधारण सभाबाट कम्पनीले लाभांश पारित गर्नेछ।

साधारण सभा प्रयोजनको लागि कम्पनी मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ। त्यस अनुसार मंसिर २८ गते सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन्।

हाल ५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरण पछि चुक्ता पूँजी ६ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।