लगातार घटेको सुनको मूल्य मंगलबार बढ्याे, यतिमा हुँदैछ कारोबार

Dec 01, 2020 11:29 AM Merolagani

पछिल्लाे समय लगातार घटेको सुनको मूल्य मंगलबार बढेकाे छ। मंसिर १६ गते, मंगलबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो एक साता सुन तोलामा दुई हजार ५०० रुपैयाँले गिरावट भएतापनि आज भने सुनको मूल्य उकालो लागेको हो।

यसैगरी, चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ। यस दिन चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ। साताभर चाँदी तोलामा ६० रुपैयाँले घटेको थियो। तर मंगलबार भने पुनः बढेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।