अर्थमन्त्रीको जन्मदिनकाे अवसरमा सचिवालय बैठककाे शुरूमै केक काटियाे,तनाव घट्ने माध्यम केक बन्छ कि ? (फोटो फिचर)

Dec 01, 2020 02:54 PM Merolagani

अर्थमन्त्री विष्णु प्रसाद पौडेल मंगलबार ६२ वर्ष लागेका छन्। पार्टी सचिवालय बैठक बस्नु अघि उनको जन्मदिनमा केक काटेर 'ह्यापी बर्थ डे' मनाइको छ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्प कमल दाहालले केक खुवाएर जन्म दिनको शुभकामना दिएका छन्। बामदेव गौतमले एक कदम अघि बढेर एक सय वर्ष बाच्नुहोस् भन्दै शुभकामना दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेखेका छन्।  

"महासचिव कमरेड विष्णुप्रसाद पौडेललाई जन्मदिनको शुभकामना दिँदै पार्टी सचिवालयको बैठक शुरु भएको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल"प्रचण्ड", उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेता कमरेडहरूले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।

दुइ अध्यक्षवीचकाे भयंकर कटुताले बैठकमा तनाव अाउने पूर्वानुमान गरिएकाेमा बैठककाे शुरूमै जन्मदिनकाे अवसरमा केके काटेर बातावरण सहज पार्ने प्रयास गरिएकाे एकथरीले अनुमान लगाएका छन् । केक रणनीतिकाे प्रभाव कस्ताे प्रभाव पर्छ, त्याे बैठक सकिएपछि मात्र भन्न सकिएला । 

 

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।