दुई हजार विन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो

Dec 01, 2020 03:41 PM Merolagani

साताको तेस्रो कारोबार दिन नेप्से सूचक २००० विन्दुमाथि पुगेको छ। बजार खुलेको केही समयपश्चात करेक्सन मुडमा देखिएको नेप्से अन्तिममा पुनः ३ अंकले बढ्दै २००० विन्दुमा पुगेको हो।

यस दिन नेप्से सूचक ०.१७ प्रतिशत अर्थात ३.३५ अंकले बढेर २०००.४० विन्दुमा पुगेको छ। यस दिन कारोबार रकममा भने गिरावट देखिएको छ। अघिल्लो दिन सोमबार ८ अर्ब ८६ करोड रुपैयाँ बराबरकामे शेयर कारोबार भएकोमा यस दिन साढे ७ अर्ब भन्दा थोरैको शेयर कारोबार भएको छ। मंगलबार १९७ वटा कम्पनीको १ करोड ८५ लाख कित्ता शेयर ७ अर्ब ४० करोड रुपैयाँमा खरिद बिक्री भएको हो।

यस दिन कारोबारमा आएका ३७ कम्पनीको शेयरमुल्य बढेको छ भने १२८ वटा कम्पनीको शेयरमूल्य घटेको छ। यस्तै ७ कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

 

  • ५ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार

मंगलबार पाँच कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ भने रसुवागढी हाइड्रोपावरको ९.९६ प्रतिशत, अपर तामाकोशीको ९.८५ प्रतिशत,नेपाल दुरसञ्चार कम्पनीको ९.७१ प्रतिशत र साञ्जेन जलविद्युतको ९.६५ प्रतिशतले बढेको छ।

यस दिन ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ७.७३ प्रतिशतले घटेको छ भने नेपाल बंलादेश बैंकको शेयरमूल्य ५.६८ प्रतिशतले घटेको छ। त्यस्तै बोटलर्स नेपाल (तराइ)को ५.३२ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ५.११ प्रतिशत, साल्ट ट्रेडिङ्गको ४.५० प्रतिशत र कुमारी बैंकको ४.४६ प्रतिशतले घटेको छ।

  • बैंकिङ्गमा बढ्न सकेन आकर्षण

यस दिन बैंकिङ्ग समुहमा भने लगानीकर्ताको आकर्षण बढ्न सकेन। गत आइतबार बैंकिङ्गमा लगानीकर्ताको आकर्षण बढेको भए पनि सो पश्चात बैंकिङ्ग समुह पुनः सेलाएको छ।

बैंकिङ्ग समुहमा बिक्री चाप बढ्दा उक्त उपसमूहको सूचक २.६९ प्रतिशतले घटेको छ भने बिकास बैंक उपसमूहको सूचक पनि २.३३ प्रतिशतले घटेको छ।

यता हाइड्रोपावर उपसमूहको सूचक २.४२ प्रतिशतले बढेको छ भने उत्पादनमुलक उपसमूहको सूचक २.२५ प्रतिशत, अन्य उपसमूहको सूचक ६ प्रतिशतभन्दा धेरैले बढेको छ।

मंगलबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६५ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको ४४ करोड ३६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोड ९० लाख, नेपाल बंलादेश बैंकको २५ करोड र प्रभु बैंकको २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।