यसअघि डिसेम्बर २०१७ मा बिटक्वाइन प्रतियूनिट १९ हजार ८७३ डलरमा पुगेको थियो ।
बिटक्वाइनका लागि यो २०२० अधिक वृद्धि कायम गर्ने वर्षका रुपमा रह्यो । यो वर्षको सुरुवात देखि हालसम्म बिटक्वाइनमा १७५ प्रतिशतको वृद्धि देखिएको छ ।
विश्वव्यापी रुपमा कोभिड–१९ महामारी फैलिएपछि मार्च महिनामा बिटक्वाइनको मूल्य प्रतियूनिट ४ हजार डलरभन्दा तल झरेको थियो । तर डलर कमजोर भएका कारण बिटक्वाइन उच्च रुपमा बढेर पहिलेको स्थानमा फर्कियो । यो क्रिप्टोकरेन्सीले मेनस्ट्रीममा रकेटको गतिमा वृद्धि हासिल गर्याे ।
अमेरिकाको ब्रोकरेज तथा ट्रेडिङ फर्म ईटोरोका कार्यकारी निर्देशक गे हिर्षले बिटक्वाइनमा यो तीव्रता अनुमानको सट्टा स्मार्ट र इंस्टीट्यूशनल मनीको बलमा आएको बताए । एजेन्सी