संस्थापक समूहको शेयर लिलाम बिक्री गर्दै प्रभु इन्स्योरेन्स

Dec 04, 2020 11:17 AM Merolagani

प्रभु इन्स्योरेन्स लिमिटेड (PRIN) ले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ। इन्स्योरेन्सले संस्थापक समूहको ७ लाख ३५ हजार कित्ता शेयर लिलामी बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि लगानीकर्ताले मंसिर २१ गतेदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन्। सो शेयरमा योग्य व्यक्ति, कम्पनी, संघ, संस्था, बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन्।

शेयरको न्यूनतम मूल्य ३५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरि पेश गर्नुपर्नेछ। साथै, लगानीकर्ताले न्यूनतम २५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढी शेयर खरिद गर्नका लागि १० अंकले भाग जाने अंकमा अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ।

इन्स्योरेन्सको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।