सानिमा बैंकले पुस १ गतेदेखि ८.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने

Dec 08, 2020 08:00 AM Merolagani

सानिमा बैंक लिमिटेड (SANIMA) ले पुस १ गतेदेखि वार्षिक ८.५० प्रतिशत ब्याजदरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँबराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १ अर्ब ३० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी १५ लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतममा १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। सो ऋणपत्रमा छिटोमा पुस ५ गते र ढिलोमा पुस १५ गतेसम्म आवेदन दिन सकिनेछ।

बैंकले जारी गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने इक्राएनपी एलए@ ग्रेडिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त उपकरणलाई समयमा नै वित्तीय दायित्व पुर गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।