आईसीएफसी फाइनान्सको मूल्य समायोजन

Jan 03, 2021 08:21 AM Merolagani

पुस १९ गते, आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आईसीएफसी फाइनान्स (ICFC) को शेयरमूल्य समायोजन भएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको १०.५० प्रतिशत बोनस शेयर समायोजन गरि प्रतिकित्ता शेयरमूल्य २६२ रुपैयाँ तोकेको छ। फाइनान्सले गत साताको अन्तिम कारोबार मूल्य अर्थात २९० रुपैयाँका आधारमा मूल्य समायोजन भएको हो।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते आफ्नो रजिष्टर्ड कार्यालय, टंगालमा बिहान ११ बजे सत्रौँ वार्षिक साधारण सभा डाकेको छ।

आइतबार समायोजित मूल्यकै आधारमा फाइनान्सको शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।