दुई कम्पनीको शेयरमूल्य समायोजन

Jan 05, 2021 08:24 AM Merolagani

पुस २१ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्श बैंक र गुहेश्वरी मर्चेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको हो।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्श (NCCB) को १०.२७ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३२४ रुपैयाँ तोकेको छ। बैंकको हिजो अर्थात पुस २० गतेको अन्तिम कारोबारको आधारमा शेयरमूल्य समायोजन भएको हो। हिजो बैंकको शेयर प्रतिकित्ता ३५७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

त्यसैगरी, नेप्सेले गुहेश्वरी (GMFIL) को ८ प्रतिशत बोनस शेयर समायोजनपश्चात फाइनान्सको शेयरमूल्य प्रतिकित्ता १९३ रुपैयाँ तोकेको छ। फाइनान्सको २०८ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो।

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले माघ ९ गते, केन्द्रिय कार्यालय, बागबजारमा बिहान १० बजे तेइसौँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले चुक्ता पूँजीको १०.२६९५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, गुहेश्वरी फाइनान्सले पुस २८ गते मंगलबार बिहान ११ बजे गुहेश्वरी भवन हरिहर भवन ललितपुरमा साधारण सभा बोलाएको छ। साधारण सभाबाट सञ्चालक समितिले सिफारिस गरे अनुसार २ करोड ७२ लाख रुपैयाँ नगद लाभांश र ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस शेयर पारित गर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।