गणपति लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस कति?

Jan 07, 2021 11:09 AM Merolagani

गणपति लघुवित्त वित्तीय संस्था (GMFBS) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। सञ्चालक समितिको पुस २२ गते बुधबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो।

गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने १ करोड ६६ लाख रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.७९ प्रतिशत अर्थात ८ लाख ४३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी चौथो वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।