सातामा सय अंक भन्दा बढी बढ्यो नेप्से, कुन उपसमूहको सूचक कति बढ्यो?

Jan 09, 2021 09:56 AM Merolagani

यस साता नेप्से परिसूचक १०० अंक भन्दा बढी बढेको छ। गत साताको अन्तिम कारोबार दिन २०८७.२७ विन्दुमा बन्द भएको नेप्से, यस साता १०७.२१ अंक अर्थात ५.१४ प्रतिशत बढेर २१९४.४८ विन्दुमा बन्द भएको छ।

यस साता पाँच कारोबार दिनमध्ये तीन कारोबार दिन बजार बढेको थियो भने दुई कारोबार दिन बजार घटेको थियो। साताको पहिलो कारोबार दिन नै नेप्से ८८ अंक बढेपछि त्यसपछिका दुई कारोबार दिनमा सामान्य करेक्सन देखिएको थियो। यद्यपि, साताको अन्तिम दुई कारोबार दिन भने नेप्से बढेर बन्द भएको छ।

यस साता नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। बिहीबार बजारको बन्द विन्दु हालसम्मकै उच्च बन्द विन्दु हो।

नेप्से बढेसँगै कुल बजार पूँजीकरणमा पनि बढेको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको यस्तो पूँजीकरण २९ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। यस साता बजार पूँजीकरण ५.२४ प्रतिशत बढेको हो।

यस्तै, यता सेन्सेटिभ इण्डेक्स गत साताको तुलनामा ५.६५ प्रतिशत अर्थात २२.५२ अंक बढेर ४२१.२२ विन्दुमा पुगेको छ। यस साता २ लाख ३४ हजार ५१३ पटकको कारोबारमा २७ अर्ब १७ करोड रुपैयाँ बराबरको ५ करोड ८७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

व्यापार उपसमूहको परिसूचक सर्वाधिक बढ्यो

यस साता कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेको छ। सोमध्ये सबैभन्दा धेरै व्यापार उपसमूहको परिसूचक बढेको छ। सो उपसमूहको परिसूचक यस साता ७.०८ प्रतिशत अर्थात १६२.८६ अंक बढेको हो। अंकका आधारमा भने यस साता निर्जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै ६३६.३३ बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको सूचक भने यस साता सबैभन्दा कम ०.८७ प्रतिशत बढेको छ।

यस साता बजार पूँजीकरणका आधारमा नेपाल पुनर्बीमा कम्पनीले नबिल बैंकलाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ। गत साता सो कम्पनी तेस्रो स्थानमा र नबिल बैंक दोस्रो स्थानमा थियो। नेप्सेको कुल बजार पूँजीकरणमा ठूला १० कम्पनीहरुको हिस्सा ३७.७२ प्रतिशत पुगेको छ।

यस साताको फ्लोरसिट विश्लेषण गर्दा मोस्ट पपुलर बाई स्टकको सूचीमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, जनउत्थान, सबैको लघुवित्त लगायतका कम्पनीहरुको परेका छन्। त्यसैगरी, मोस्ट पपुलर सेल स्टकमा नारायणी डेभलपमेन्ट बैंक, राधी विद्युत कम्पनी, एनएमबी ५० लगायतका कम्पनीहरु परेका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।