फेसबुक भन्दा मूल्यवान बन्यो टेस्ला कम्पनी, एलन मस्क बने विश्वका सर्वाधिक धनी व्यक्ति

Jan 10, 2021 12:53 PM Merolagani

अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले बजार पूँजीकरणको आधारमा फेसबुकलाई पछि पारिदिएको छ । 

#C6शुक्रवारको कारोबारमा प्रतिकित्ता शेयर ७ प्रतिशत भन्दा धेरैले बढेसँगै कम्पनीको बजार पूँजीकरण ८ खर्ब २० अर्ब डलरमा पुग्यो ।

पछिल्लो वृद्धिसँगै टेस्ला एप्पल, माइक्रोसफ्ट अमेजन र अल्फाबेट पछि बजार पूँजीकरणको आधारमा अमेरिकाको पाँचौं मूल्यवान कम्पनी बनेको छ ।

टेस्लाको बजार पूँजीकरण पहिलो पटक सन् २०१९ को जनवरीमा १ खर्ब डलर नाघेको थियो । त्यसपछिको १० महीनामै बजार पूँजीकरण ५ खर्ब डलरले वृद्धि भयो। सन् २०२० मा कम्पनीको शेयर मूल्य ७०० गुणा भन्दा धेरैले बढ्यो ।

मस्क विश्वका सर्वाधिक धनी व्यक्ति
योसँगै टेस्ला र स्पेस एक्सका सीइओ एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् । बिहीवार पहिलो पटक मस्कले नेटवर्थमा अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पारेका थिए ।

ब्लूमबर्ग बिलेनियर्स इन्डेक्स अनुसार शनिवार मस्कको कुल सम्पत्ति २ खर्ब ९० अर्ब डलर पुगेको छ।

२०२० जनवरीमा ब्लूमबर्ग बिलेनियर इन्डेक्सको सबैभन्दा धनी व्यक्तिको सूचीमा मस्क ३५ औँ नम्बरमा रहेका थिए । तर १० महिनाको अवधिमा उनले बिल गेट्सलाई पछि पार्दे दोस्रो धनी व्यक्ति बनेकोमा अब जेफ बेजोसलाई पनि पछि पार्दे उक्त सूचीमा पहिलो नम्बरमा आएका छन् । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।