सिद्धार्थ बैंकको मूल्य समायोजन

Jan 12, 2021 08:30 AM Merolagani

पुस २८ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिद्धार्थ बैंक लिमिटेड (SBL) को शेयरमूल्य समायोजन गरेको छ। साधारण सभा प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो।

नेप्सेले बैंकको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य प्रतिकित्ता ४२१ रुपैयाँ तोकिएको छ। नेप्सेले हिजो अर्थात सोमबारको अन्तिम कारोबार मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। सोमबार बैंकको शयर प्रतिकित्ता ४७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकले माघ १६ गते बिहान ११ बजे आम्रपाली बैंक्वेटमा १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
साधारण सभामा बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

कोरोना महामारीको कारण सभामा भर्चुअल माध्यमबाट पनि उपस्थित हुन सक्नेगरी शेयरधनीहरुलाई मिटिङ आइडि र पासवर्ड उपलब्ध गराउने बैंकले जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।