प्रि ओपन सेसन अपडेटः ३.७४ अंक बढ्यो नेप्से

Jan 12, 2021 10:52 AM Merolagani

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.७४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ३.७० अंक बढेर २२३९.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.७४ अंक बढेर २२४३.१७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.७९ अंक बढेको छ।

सो अवधिमा ३० कम्पनीको ४८ लाख ७७ हजार १६५ रुपैयाँ बराबरको १० हजार ४०७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।