व्यापार तथा व्यवसायमा सुधार आएपनि कोभिड पूर्वकाे अवस्थामा भने पुग्न सकेन: राष्ट्र बैंक

Jan 12, 2021 06:10 PM Merolagani

नेपाल राष्ट्र बैंकले व्यापार तथा व्यवसायमा सुधार आउन थालेकाे जनाएको छ । बैंकले कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी प्रथम पुनरावृति सर्वेक्षणको प्रतिबेदन सार्वजनिक गर्दै उक्त निकर्ष निकालेको हो ।

 

सर्वेक्षणको प्रतिबेदन अनुसार २०७७ असारको तुलनामा २०७७ मंसिरमा उद्योग÷व्यवसाय सञ्चालनमा सुधार आएको देखिएको छ । कोभिड पूर्वको तुलनामा गत असारमा ४ प्रतिशत मात्र उद्योग÷व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेको देखिएको छ । अझै पनि ९.१ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालनमा आउन नसकेकोे देखिन्छ ।

गत असारको तुलनामा उद्योग÷व्यवसायहरुको उत्पादन/कारोबारको अवस्थामा समेत सुधार आएको प्रतिबेदनमा उल्लेख छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन/कारोबार रहेकोमा मंसिरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ । उक्त प्रतिबेदन अनुसार गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन÷कारोबार बढेको पाइएको छ ।

यस्तै गत असारको तुलनामा उद्योग÷व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिएतापनि कोभिड महामारी अगाडिको अवस्थामा भने पुग्न नसकेको प्रतिबेदनमा उल्लेख छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग÷व्यवसायहरुले मंसिरमा ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ । मझौला उद्योगहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । मझौला उद्योगको नमुना संख्यामा होटल तथा रेष्टुरेन्ट क्षेत्रका उद्योग÷व्यवसायहरुको बाहुल्यता रहेकाले मझौला उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएकाे अनुमान छ ।

गत असारको तुलनामा उद्योग/व्यवसायहरुको औसत तलब—ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च मंसिरमा आइपुग्दा ७०.४ प्रतिशत पुगेको देखिएको छ । यद्यपि असारको तुलनामा खानी तथा उत्खनन, सञ्चार र शिक्षा क्षेत्रका उद्योग÷व्यवसायहरुको औसत तलब ज्याला खर्च घटेको पाइएको छ ।

साथै असारको तुलनामा उद्योग÷व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत सुधार आएको देखिन्छ । यद्यपि कोभिड–१९ पूर्वको अवस्थामा उद्योग/व्यवसायहरु सञ्चालन हुन भने नसकेको प्रतिवेदनको निकर्ष छ ।

 


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।