दुई कम्पनीको शेयरमूल्य समायोजन

Jan 13, 2021 08:36 AM Merolagani

पुस २९ गते, बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। यस दिन नेप्सेले नारायणी डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको शेयरमूल्य समायोजना गरेको हो।

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्काशन प्रयोजनार्थ र ज्योति विकास बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य तोकेको हो।

नेप्सेले ज्योति विकास बैंक (JBBL) को १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य २१८ रुपैयाँ तोकिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो। मंगलबार बैंकको शेयर प्रतिकित्ता २४१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक (NABBC) को १०० प्रतिशत हकप्रद शेयर समायोजन गरी नेप्सेले नयाँ मूल्य तोकेको हो। बैंकको समायोजित शेयरमूल्य ४६५ रुपैयाँ रहेको छ। मंगलबार बैंकको शेयर प्रतिकित्ता ८२९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बुधबार यही समायोजित मूल्यलाई आधार मानेर यी दुबै कम्पनीको शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।