मिर्मिरे लघुवित्तको लाभांश परिमार्जन, लाभांश दर घट्यो

Jan 13, 2021 11:27 AM Merolagani

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) को लभांश परिमार्जन भएको छ। लघुवित्तले यस अघि प्रस्ताव गरेको लाभांश दरलाई घटाएर संशोधित लाभांश प्रस्ताव गरेको हो।

लघुवित्तकाे सञ्चालक समितिको पुस २८ गते बसेको बैठकले राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश दर घटाएको हो। उक्त बैठकले यस अघिको लाभांश दरलाई संशोधन गर्दै गत आर्थिक वर्षको मुनाफाबाट ९.२० प्रतिशत बोनर र ०.४८ प्रतिशत कर प्रयोजनको लागि नगद गरी ९.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

यस अघि लघुवित्तले १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत गरी १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियाे। नेपाल राष्ट्र बैंकले वित्तीय विवरण सुधार गरी पेश गर्न निर्देशन दिएपछि प्रस्तावित लाभांश परिमार्जन भएको लघुवित्तले जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।