एनआइसी एशिया बैंकको ‘सिको’ गर्दै प्रभु बैंक,एनआइसी एशियासँग प्रभुकाे नाम यसकारण जाेडियाे

Jan 17, 2021 03:18 PM Merolagani

विष्णु बेल्वासे

निक्षेप संकलन र कर्जा प्रवाहमा एनआइसी एशिया बैंकको ‘सिको’ गर्दै प्रभु बैंक अगाडि बढेको छ । निक्षेप संकलन र कर्जा विस्तारमा नम्बर वान बन्न पुगेको एनआइसी एशिया बैंककै बाटो प्रभु बैंक अपनाउन थालेको छ ।

पछिल्लो समय प्रभु बैंकले एनआइसी एशिया बैंकले जस्तै कर्जा र निक्षेप संकलनलाई जोड दिँदै आएको छ । प्रभुको रणनीति पनि एनआइसी एशियाकै जस्तै बनेको छ ।
प्रभु बैंकको एनआइसी एशिया बैंकसँग नाम जोडिनुको कारण

एनआइसी एशिया बैंकसँग प्रभु बैंकको नाम जोडिएर आउन थालेको छ । दुबै बैंक एक आपसमा मर्जर वा एक्विजिसनमा जाने सम्भावना भएर नाम जोडिएर आएको भने होइन् ।

पछिल्लो समय आक्रमण रुपमा व्यापार विस्तार गरेकाले प्रभु बैंकलाई एनआइसी एशिया बैंकसँग नाम जोडेर हेर्न थालिएको हो । केहीले व्यापार विस्तारमा आक्रमण भएपछि एनआइसी एशियाको ‘भाइ’ बैंकको रुपमा लिने गरिएको छ । यद्दपी चुक्ता पुँजीको हिसाबले एनआइसी एशिया बैंक भन्दा प्रभु बैंकको करिव २२ करोड मात्र कम छ ।

एनआइसी एशिया र प्रभुको चुक्ता पुँजी

एनआइसी एशिया बैंकका १९ प्रतिशत बोनस लाभांश वितरण गरेपछि चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख पुगेको छ । यसैगरी, प्रभु बैंकको पनि १० प्रतिशत बोनस शेयर वितरणपछि चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख पुगेको छ ।

दुबै बैंक निक्षेप संकलन र कर्जा लगानी आक्रमक रुपमा विस्तार गरिरहेका छन् । एनआइसी एशिया बैंकले २ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३१ अर्ब लगानी गरेको छ ।

यता, प्रभु बैंकले पनि १ खर्ब ७० अर्ब निक्षेप संकलन गरेर १ खर्ब २६ अर्ब लगानी गरेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले बताए । ‘निक्षेप संकलन र कर्जा बिस्तारलाई जोड दिँदै आएका छौं,’ उनले भने, ‘पछिल्लो समय उद्योग, व्यापार, होटल, शेयर बजारलगायतमा कर्जाको माग बढी रहेको छ ।’ केही समयअघि निक्षेप संकलनको तुलनमा कम कर्जा लगानी कम हुने गरेको थियो । अहिले पहिलाको भन्दा ठिक विपरित निक्षेप संकलन भन्दा कर्जा लगानी बढी रहेको प्रमुख कार्यकारी अधिकृत शेरचनले जानकारी दिए ।

एनआइसी एशिया बैंक पनि निक्षेप संकलन र कर्जा विस्तारमा आक्रमक देखिएको बैंकका निमित्त प्रमुख सूचना अधिकृत अर्जुनराज खनियाँले बताए । ‘बैंकका वित्तीय सूचकहरु उत्साहप्रद छन्,’ उनले भने, ‘ठूलो ऋण एउटैलाई भन्दा पनि सानो तिनो ऋण धेरैलाई दिइरहेका छौं । बैंकले २२ लाख भन्दा बढी ग्रहाकलाई सेवा दिइरहेको छ ।’

नाफाको हिसाब किताव

दुवै बैंक नाफाका हिसावले अब्बल नै मानिएका छन् । गत मंसिरसम्ममा एनआइसी एशिया बैंकले १ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेको छ भने प्रभु बैंकले पनि उक्त समयमा १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

दुबै बैंकको शेयर ‘हट केक’ बन्दै

शेयर मूल्य पनि दुबै बैंक उच्च बृद्धि भएको छ । करिव १ महिना अघि अर्थात मंसिर २४ गते प्रतिकित्ता ६१२ रुपैयाँमा कारोबार भएको एनआइसी एशिया बैंकको शेयर मूल्य ९१५ रुपैयाँ पुगेको छ । यसबीचमा एनआइसी एशिया बैंक शेयर मूल्यमा केही गिरावट आउन पुग्यो । तर, पुनः उकालो लाग्न पुग्यो ।

एक महिनाको बीचमा १९ प्रतिशत बोनस लाभांश पचाएर पनि एनआइसी एशिया बैंकको शेयर प्रतिकित्ता ३०० रुपैयाँ नाफा गरिसकेका छन् । अहिले एनआइसी बैंकको शेयर बजारमा ‘हट केक’ जस्तै बनेको छ ।

यता, प्रभु बैंकको शेयर मूल्य पनि दिन प्रतिदिन बढ्दै गएको छ । करिव १ महिना अघि अर्थात मंसिर २४ गते प्रतिकित्ता ३२३ रुपैयाँमा कारोबार भएको प्रभु बैंकको शेयर मूल्य अहिले ४१० रुपैयाँ पुगेको छ । यस बैंकका लगानीकर्ताले १० प्रतिशत बोनस लाभांश हात पारेर पनि प्रतिकित्ता करिब ९० रुपैयाँ भन्दा बढी नाफा गरेका छन् ।

दुई कार्यकालका कारण अध्यक्षबाट बाहिरिए भट्टचन

प्रभु बैंकको अध्यक्षबाट देवीप्रकाश भट्टचन बाहिरिए पछि सबैले आंशकाले हेरेका छन् । तर, बैंकका सिइओ शेरचनले कुनै मनमुटाब भएर अध्यक्ष भट्टचनले बैंक नछाडेको बताए । ‘केही सञ्चालकहरु उमेर हद र केही सञ्चालक नेपाल राष्ट्र बैंकको दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्थाले हट्नु भएको हो,’ प्रभु बैंकका सिइओ शेरचनले भने, ‘सञ्चालकमा केही नयाँ आउनु भएको छ र केही पुराना हुनुहुन्छ ।’ बैंकप्रति नयाँ तथा पुराना सञ्चालकको सहानुभूति रहेको पनि उनको भनाइ छ ।

प्रभु बैंकको निवर्तमान अध्यक्ष भट्टचनले प्रभु फाइनान्सलाई विकास बैंक बनाउँदै वाणिज्य बैंक बनाएका थिए । प्रभु विकास बैंकले किष्ट बैंकलाई मर्ज गरेर प्रभु बैंक बनायो । पछि फेरी प्रभु बैंकले फेरि अर्को वाणिज्य बैंक ग्राण्डलाई गाभेको थियो ।

उदाउँदो प्रभु समुह

अहिले बैंकमा संस्थापक शेयरधनीबाट रमेश सिंह खड्का,शंकरप्रसाद कालिकोट र रामेश्वर सापकोटा तथा सर्वसाधारणबाट ऋषिराम गौतम, अञ्जु अधिकारी र प्रमोद अधिकारी निर्विरोध निर्वाचित भएर आएका छन् ।

प्रभु समुह अन्तर्गत प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, प्रभु पे, प्रभु हेलिकप्टर, प्रभुमनी ट्रान्सफर, प्रभु टेलिभिजन संचालनमा छन् ।

यो समुहले व्यवसायमा पकड जमाएको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।