दुई कम्पनीको शेयरमूल्य समायोजन

Jan 15, 2021 08:42 AM Merolagani

माघ २ गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। यस दिन नेप्सेले तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजना गरेको हो।

यी दुबै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य तोकेको हो।

नेप्सेले तिनाउ मिसन डेभलपमेन्ट बैंक (TMDBL) को ६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य १८६ रुपैयाँ तोकिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो। बुधबार बैंकको शेयर प्रतिकित्ता १९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

त्यस्तै, नेशलन लाइफ इन्स्योरेन्स कम्पनी (NLICL) को १० प्रतिशत बोनस शेयर समायोजन गरी नेप्सेले नयाँ मूल्य तोकेको हो। इन्स्योरेन्सको समायोजित शेयरमूल्य १ हजार ६४ रुपैयाँ रहेको छ। बुधबार बैंकको शेयर प्रतिकित्ता १ हजार १७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

आइतबार यही समायोजित मूल्यलाई आधार मानेर यी दुबै कम्पनीको शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।