गत साता नेप्से पूर्ण बुलिश, यस साता के हाेला?

Jan 17, 2021 07:37 AM Merolagani

गत साता नेप्से परिसूचक पूर्ण बुलिश रह्यो। सो साता बजार खुलेका ४ दिन नै नयाँ नयाँ अलटाइम हाइ रेकर्ड बनाउन नेप्से सफल भएको थियो।

साता भरीमा नेप्से परिसूचक ९२.०६ अंक अर्थात ४.२० प्रतिशत बढेर २२८६.५४ विन्दुमा बन्द भएको थियो। यो हालसम्मकै उच्च विन्दु हो। २३०० विन्दुको नजिकमा बन्द भएको नेप्सेले यस साता पनि गत साताकै बुललाई निरन्तरता दिएको खण्डमा २४०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, यस साता नेप्से ओरालो लागेमा भने २१६० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी बढ्दो छ। यसले बजारमा खरिदचाप बलियो रहेको संकेत गर्दछ।

नेप्सेको १४ दिने आरएसआई गत साताको अन्तिम कारोबार दिन ७६.५१ स्केलमा पुगेको छ। यो ओभरबट जोन हो। यसले बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ। यद्यपि, तत्काल करेक्सन हुने कुनै संकेत भने यसबाट देखिएको छैन।

नेप्सेको बुललाई गत साताको भोल्यूमले केही सपोर्ट नगरेको जस्तो देखिन्छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब ७० करोड रुपैयाँ छ। २० दिने भोल्यूमको तुलनामा गत साताको भोल्यूम ०.३८ प्रतिशत कम हो। नेप्सेको वृद्धि बलियो हुनका लागि भोल्यूमको साथ अति आवश्यक मानिन्छ।

फियर एण्ड ग्रीड मिटरमा नेप्से अहिले १०० स्केल अर्थात एक्सट्रीम ग्रीड जोनमा पुगेको छ। यसले आगामी कुनै दिन पनि करेक्सन आउन सक्ने सम्भावनालाई संकेत गर्दछ। त्यसैले, अहिले बजारमा शेयर खरिदबिक्री गर्दा निकै विवेकतापूर्वक गर्नुपर्ने देखिन्छ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप विश्लेषण गर्न जरुरी छ।)

विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।