चिलिमेको नगद लाभांश बैंक खातामा

Jan 17, 2021 08:03 AM Merolagani

चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले १० प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ। कम्पनीले गत पुस १२ गते सम्पन्न २४ औँ वार्षिक साधारण सभाले पारित गरेको बोनस तथा नगद लाभांशमा लाग्ने करसहित १० प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गरेको हो।

कम्पनीले हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा सो लाभांश पुस १६ गतेदेखि नै जम्मा गर्न थालेको हो। 

त्यसैले, हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई बैंक खाता नम्बर सहितको विवरण अध्यावधिक गराई लाभांश प्राप्त गर्न अनुरोध गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।