साताको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट, यतिमा हुँदैछ काराेबार

Jan 17, 2021 11:59 AM Merolagani

साताको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । माघ ४ गते,आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढोत्तरी भएको थियो । उक्त दिन सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी आइतबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले ओरालो लागेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।