एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

Jan 17, 2021 02:30 PM Merolagani

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको (NICLBSL) रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा आयोजना गरिएको तेश्रो वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको छ ।

सो अवसरमा संस्थाको आ.व २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात , सोहि मितिमा समाप्त आ वा २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धीत अनुसुचीहरु परित भएको छ । 

यसका साथै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था बीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारण सभाले पारित गरेको छ । त्यसैगरि संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु सर्वसम्मतरुपमा साधारण सभाले पारित गरेको छ ।

त्यस्तै साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधीत्व गर्ने दुई जना संचालकहरु शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भई संचालक पदमा नियुक्त भएका छन् ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।