बीमा कम्पनीहरुको पाँच अर्ब बढीको आईपीओ आउदै, कहाँ पुग्याे प्रकृया?

Jan 18, 2021 08:25 AM Merolagani

आठवटा बीमा कम्पनीहरुले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न लागेका छन्। सिटिजन लाइफ, ज्योति लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा लाइफ र महालक्ष्मी लाइफले सर्वसाधारणका लागि ५ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएका हुन्।

नयाँ जीवन बीमा कम्पनीहरुमा रिलायन्स लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ निष्काशन गरिसकेका छन्। रिलायन्स लाइफले ६३ करोड रुपैयाँ र प्रभु लाइफले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेका हुन्। उक्त शेयर अहिले दोस्रो बजारमा कारोबार समेत भइरहेका छ।

आईपीओ निष्काशन गर्न बाँकी रहेका आठ कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको शेयर निष्काशन गर्नेछन्।

आईपिओ निष्काशनका लागि ज्योति लाइफ नेपाल धितोपत्र बोर्ड पुगिसकेको छ भने अन्य केहिले बिक्री प्रबन्धक नियुक्त गरी रेटिङ्गको काम सम्पन्न गरिसकेका छन्।

बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्नका लागि चालू आर्थिक वर्षमा यी कम्पनीहरुले आईपिओ जारी गर्नुपर्ने बाध्यता छ।

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँको आईपिओ निष्काशन गर्नेछ। सिटिजनको आईपीओलाई इक्रा नेपालले इक्राएनपी–आईआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ।

त्यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउछ। यस्तै, कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको बुझाउछ।

आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्येकै धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ।

हाल संस्थापकहरुबाट एक अर्ब २० करोड रुपैयाँ पूँजी चुक्ता भइसकेको ज्योति लाइफले ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ आईपीओ निष्काशन गर्नेछ। ज्योति लाइफ आईपीओ निष्काशनको लागि सबै प्रकृया पुरा गरेर अनुमति माग्दै मंसिर २४ गते नै धितोपत्र बोर्ड पुगेको हाे। यद्यपी अहिलेसम्म अनुमति भने पाएको छैन।

ज्योति लाइफले २०७४ माघ १० गतेको साधारण सभाबाट जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

अर्को जीवन बीमा कम्पनी युनियन लाइफले पनि ६४ करोड ५० लाख रुपैयाँ आईपीओ निष्काशन गर्ने तयारी गरिरहेकाे छ। संस्थापकहरुबाट एक अर्ब ५० करोड ५० लाख रुपैयाँ संकलन गरी सकेको युनियन लाइफले जारी पूँजीको ३० प्रतिशत आईपिओ निष्काशन पश्चात दुई अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

युनियन लाइफले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपि आईपीओ ग्रेड ४ प्लस प्रदान गरेको छ। यसले कम्पनीको समग्र वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको भन्ने जनाँउछ। कम्पनीले एसबिआइ मर्चेन्ट बैंकिङ्गलाई आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरिसकेको छ।

रिलायबल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा लाइफ इन्स्योरेन्स गरी चारवटै कम्पनीले ६० करोड रुपैयाँका दरले कुल २ अर्ब ४० करोड रुपैयाँको आईपीओ निष्काशन गरेर बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्ने तयारीमा रहेका छन्।

हाल यी चारवटै कम्पनीहरुको संस्थापकहरुबाट एक अर्ब ४० करोड रुपैयाँ पूँजी चुक्ता पुर्याइसकेका छन्। प्रत्येक कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्दा सबै कम्पनीहरुको चुक्ता पूँजी बीमा समितिले तोके अनुसार दुई अर्ब कायम हुनेछ।

आईपिओ निष्काशन गर्ने नौ कम्पनीमध्ये सन नेपाल लाइफले पनि आईपिओको रेटिङ्ग गराइसकेको छ। सन नेपाल लाइफको आईपीओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ दिएको छ। जसले औसतभन्दा कमजोर वित्तीय अवस्था रहेका कम्पनी भन्ने जनाँउछ।

सन नेपाल लाइफले गत फागुन ४ गतेको साधारण सभाबाट आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

नयाँ बीमा कम्पनीहरुमा तीन निर्जीवन बीमा र दुई जीवन बीमा कम्पनीले आईपीओ निष्काशन गरिसकेका छन्। आईपीओ निष्काशन गर्नेमा निर्जीवन बीमा तर्फ अजोड इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स नेपाल रहेका छन्। यस्तै जीवन बीमा तर्फ रिलायन्स लाइफ र प्रभु लाइफ छन्।

तर अझै आठवटा जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गर्न सकिरहेका छैनन्। बीमा समिति स्रोतका अनुसार बीमा कम्पनीहरुले समयमै वित्तीय विवरणहरु तयार पार्न नसक्दा सर्वसाधारणहरुमा आईपीओ निष्काशन गर्न ढिलाई भइरहेकाे हाे।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।