२३०० विन्दुभन्दा माथि नेप्से, एक दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Jan 17, 2021 03:32 PM Merolagani

अघिल्लो सातादेखि उकालो लागिरहेको नेप्सेले यस साताको पहिलो कारोबार दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। यससँगै नेप्से परिसूचक २३०० विन्दुभन्दा माथि पुगेको छ।

आइतबार नेप्से परिसूचक १.२४ प्रतिशत अर्थात २८.४६ अंक बढेर २३१५.०० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.१७ अंक बढेर ४४३.४२ विन्दुमा पुगेको छ। यस दिन फ्लोट इण्डेक्स १.४ अंक र सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। यस दिन २०८ कम्पनीको ५० हजार ६०७ पटकको कारोबारमा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

यस दिन १३ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन, नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, किसान लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त, मञ्जुश्री फाइनान्स, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र एचआईडिसीएलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको युनाइटेड फाइनान्सको शेयरमूल्य यस दिन ५.७१ प्रतिशत घटेको छ।

व्यापार उपसमूहको परिसूचक सर्वाधिक बढ्यो

यस दिन १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएका व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.२४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंकको ४.६१ प्रतिशत, अन्यको ३.४ प्रतिशत, लघुवित्तको ३.१९ प्रतिशत, फाइनान्स उपसमूहको २.५२ प्रतिशत र जीवन बीमाको १.५१ प्रतिशत बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक भने ०.४ प्रतिशत घटेको छ।

दूरसञ्चारको सर्वाधिक कारोबार

यस दिन नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको यस दिन ५८ करोड १० लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशिया बैंक र सिभिल बैंकको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।