कामना सेवाको नाफा १६२ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति?

Jan 18, 2021 06:22 AM Merolagani

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६२.६२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १४ करोड ८५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै गैर सञ्चालन आम्दानी उल्लेख्य बढेका कारण खुद नाफा १६२ प्रतिशत बढेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २७ करोड १९ लाख ६७ हजार रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.८५ प्रतिशत बढेर ६८ करोड ८० लाख ८९ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ६४.३२ प्रतिशत बढेर ३४ करोड ६९ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा बैंकले २१ करोड २ लाख ५४ हजार रुपैयाँ गैर सञ्चालन आम्दानी गर्न सफल भएको छ। जसका कारण बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो आम्दानी १० लाख २४ हजार रुपैयाँ मात्र थियो।

२ अर्ब ५४ करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको शेयरधनी कोषमा २६ करोड ८९ लाख ७६ हजार रुपैयाँ र जगेडा कोषमा ४९ करोड ५३ लाख १८ हजार रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको शेयरधनी कोष २० करोड ४७ लाख रुपैयाँ ऋणात्मक थियो भने जगेडा कोषमा ७२ करोड ५० लाख रुपैयाँ सञ्चित थियो।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको डाइलुटेड प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७१ पैसा पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ रुपैयाँ ७३ पैसा बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ ६९ पैसा थियो।

सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ७.९८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९ पैसा रहेको छ।

पुस मसान्तसम्ममा ३८ अर्ब १८ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले ३१ अर्ब २० करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३१ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको निष्क्रिय कर्जा समीक्षा अवधिमा सामान्य बढेको देखिन्छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा १.३७ प्रतिशत रहेको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १.५९ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको बेस रेट ११.८६ प्रतिशतबाट घटेर ९.०६ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको स्प्रेड रेट ४.३३ प्रतिशतबाट ४.९९ प्रतिशतमा सीमित भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।