फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा सामान्य घट्यो

Jan 18, 2021 06:45 AM Merolagani

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा सामान्य घटेको देखिएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.०४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी सामान्य बढेपनि सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याएका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ६३ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९९ प्रतिशत बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने ५.८३ प्रतिशत घटेर ९ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा ३४ लाख ३२ हजार रुपैयाँ मात्र छुट्याएको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिमा १ करोड १४ लाख रुपैयाँ छुट्याएका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो।

८७ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १९ करोड ९० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चुक्ता पूँजी ९.५० प्रतिशत बढेको हो भने जगेडा कोषमा १४.१८ प्रतिशतको सुधार भएको हो।

पुस मसान्तसम्ममा लघुवित्तले ७ अर्ब १ करोड ९४ लाख रुपैयाँ सपाटीबाट ६ अर्ब ६७ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। लघुवित्तको निष्क्रिय कर्जा शून्य रहेको छ।

पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.४५ गुणा रहेको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ७० पैसा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।