नेपाल एसबिआई बैंकले आजदेखि बैंक खातामा जम्मा गर्ने

Jan 18, 2021 10:33 AM Merolagani

नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले ३.४७ प्रतिशत नगद लाभांश आज (माघ ५ गते) देखि शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ।

बैंकले गत पुस २८ गते सम्पन्न २७ औँ वार्षिक साधारण सभाले पारित गरेको बोनस तथा नगद लाभांशमा लाग्ने करसहित ३.४७ प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गर्न लागेको हो।
बैंकले हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गर्न लागेको हो।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई बैंक खाता नम्बर सहितको विवरण अध्यावधिक गर्न बैंकले अनुरोध गरेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।