अघिल्लो कारोबार दिन अर्थात आइतबार २८.४६ अंक बढेर २३१५.०१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १८.८७ अंक बढेर २३३३.८८ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.०४ अंक बढेको छ।
सो सेसनमा ४७ कम्पनीको ४९ लाख ८१ हजार ३५७ रुपैयाँ बराबरको ११ हजार ३२२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।