सुनको भाउ लगातार दोश्रो दिन पनि ओरालो लाग्याे, चाँदी भने स्थिर

Jan 18, 2021 11:42 AM Merolagani

सुनको भाउ लगातार दोश्रो दिन पनि ओरालो लागेको छ । माघ ५ गते,सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा ७०० रुपैयाँले गिरावट भई प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सोमबार चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ । यस दिन आइतबारकै मूल्य अर्थात प्रतितोला एक हजार २३० रुपैयाँमा किनबेच हुँदैछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।