इन्फ्रास्ट्रक्चरको आइपीओ खुलेको तेस्रो दिन पनि बैंक र क्यापिटलमा लाइन उत्तिकै, डिम्याट खोल्ने र शेयर भर्नेको भिड

Jan 18, 2021 12:50 PM Merolagani

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ खुलेको तेस्रो दिन पनि बैंक र क्यापिटलहरुमा भिडभाड उत्तिकै देखिएको छ। बैंकको शेयर खुल्नुभन्दा केहि दिन अघिदेखि नै सुरु भएको यो भिड अझै कम भएको छैन्।

बैंकहरुमा सिआरएन नम्बर लिने र शेयर भर्नेहरु बढी देखिन्छन भने क्यापिटलहरुमा डिम्याट खाता खोल्नेहरुको भिड बढी छ। 

शेयर खुलेको पहिलो दिन नै बैंकहरुमा शेयर खरिदको लागि आवेदन दिनेहरुको भिड बढेको थियो। डिम्याट खाता खोलेका तर मेरो शेयर लिइनसकेकाहरुले बैंकबाट आवेदन दिँदा बैंकमा भिडभाड बढेको हो।

पछिल्लो समय औसतमा दैनिक १० हजार भन्दा बढीले डिम्याट खोलिरहेको सिडिएससिको तथ्याँकले देखाउछ। यति धेरै ठुलो संख्यामा डिम्याट खुलिरहँदा मेरो शेयरबाट नै आवेदन गर्न पनि बैंकबाट सिआरएन नम्बर लिनुपर्ने हुन्छ। जसले गर्दा बैंकमा सिआरएन लिन आउनेहरुको संख्या ह्वातै बढेको छ।

सामान्य अवस्थामा बैंकहरुले तत्कालै सिआरएन नम्बर दिने गरेकोमा अहिले भिडभाढ बढी भएकोले केहि बेंकहरुले सिआरएन सम्बर लिन समेत केहि दिन लाग्ने बताउन थालेका छन्।

यता, क्यापिटलहरुले भने अहिले अब इन्फ्रास्टक्चरको आइपीओ भर्ने गरी डिम्याट खाता खोल्न नसकिने बताउन थालेका छन्। इन्फ्रास्टक्चरको आइपीओ भर्न एक दिन मात्रै भएकोले एकैदिनमा डिम्याट खाता खोल्न नसकिने बताएका हुन्। आइपीओ नखुलेको सामान्य अवस्थामा उनीहरुले एकै दिनमा डिम्याट खाता खोलिदिने गरेका थिए। अहिले डिम्याट खाता खोल्ने बढी चाप भएकोले क्यापिटलहरुले भोलि नै खाता खोल्न नसक्ने जनाएका हुन्।

डिम्याट खाता खोल्नेको संख्या ह्वातै बढेपछि क्यापिटल र बैंकका कर्मचारीलाई समेत भ्याई नभ्याई छ। "यो भन्दा अघि आइपीओ खुल्दा पनि डिम्याट खोल्ने त बढ्थो । तर इन्फ्रास्टक्चरको आइपीओ खुल्दा डिम्याट खोल्ने धेरै नै बढेका छन्," मेगा क्यापिटलका एक कर्मचारीले भने।

इन्फ्रास्टक्चर बैंकले माघ २ गतेदेखि ८ अर्ब बराबरको शेयर बिक्रीमा ल्याएको थियो। जसमा ७ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयरमा सर्वसाधारणले आवेदन दिन पाँउछन्।

बैंकले बिक्रीमा ल्याएको आपीओमा आइतबार नै मागभन्दा बढी आवेदन परिसकेको छ। जसले गर्दा बैंकले माघ ६ गतेदेखि आइपीओको बिक्री बन्द गर्दैछ। यस आइपीओमा कसैको पनि हात खाली नहुने भएकै कारण पनि आइपीओ भर्ने चासो बढेको हो।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।