डिम्याट खाता खोल्नेको संख्या एकैदिन ८२ हजारले बढ्यो !

Jan 18, 2021 05:42 PM Merolagani

हालसम्मकै ठूलो आईपीओ नेपाल इन्फ्रास्ट्रक्चर बैंक,खुलिरहेको अवस्थामा एकैदिन ८२ हजार डिम्याट खाता थपिएको सिडिएससिकाे वेबसाइटले देखाएकाे छ । सिडिएससिकाे वेबसाइटमा देखिएकाे तथ्याङ्क अनुसार माघ ४ गते, एकैदिन ८१ हजार ७५९ जनाले डिम्याट खाता खोलेका हुन् ।

सिडिएससिको तथ्यांक अनुसार माघ ५ गते सोमबारसम्ममा २५ लाख ८२ हजार १०४ डिम्याट खाता खुलेको छ । अघिल्लो दिन आइतबारसम्ममा डिम्याट खाताको संख्या २५ लाख ३४५ रहेको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले करिब आठ अर्बको आईपीओ बिक्रीमा ल्याएपछि डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको हो । बैंकको आईपीओ खुल्नु केहि दिनदेखि नै यो संख्या बढ्न थालेको थियो ।

बैंकले बिक्रीमा ल्याएको आईपीओ सबै आवेदकलाई पर्ने भएकाले पनि डिम्याट खाता खोलेर आवेदन गर्नेको संख्या वृद्धि भएको हो ।

सिडिएससिकाे वेबसाइटमा यस्ताे देखिएतापनि दैनिक खाता खाेल्नेकाे संख्या औसतमा ३० हजारकै हाराहारीमा रहेकाे सिडिएससिले जनाएकाे छ । सिडिएससिका प्रवक्ता सुरेश न्याैपानेले साेमबार २२ हजार नयाँ डिम्याट खाता खाेलिएकाे मेराेलगानीलाई जानकारी दिए । आइतबार पनि ३० हजार खाता खुलेकाे उनले बताए । वेबसाइटमा भने शनिबार पनि खाेलिएका खाताकाे एकैपटक तथ्यांक आउँदा एकैदिन धेरै खाता खाेलिएकाे देखिएकाे उनले बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।