लगातार दुई दिन ओरालो लागेको सुनको मूल्यमा बढाेत्तरी

Jan 19, 2021 12:06 PM Merolagani

लगातार दुई दिन ओरालो लागेको सुनको मूल्य माघ ६ गते, मंगलबार उकालो लागेको छ । यस दिन सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दुई दिन भने सुनको मूल्य ओरालो लागेर सोमबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी मंगलबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले उकालो लागेको छ । महासंघका अनुसार प्रतितोला एक हजार २४५ रुपैयाँमा किनबेच हुँदैछ । सोमबार भने चाँदीको भाउ स्थिर रहेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।