महालक्ष्मी विकास बैंकको शेयर संरचना परिवर्तन हुने,संस्थापकको शेयर हिस्सा घट्ने

Jan 19, 2021 12:50 PM Merolagani

महालक्ष्मी विकास बैंक (MLBL) को शेयर संरचना परिवर्तन हुने भएको छ । बैक सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले संस्थापकहरुको शेयर हिस्सा घटाएर सर्वसाधारणमा रुपान्तरण गर्ने भएको हो ।

बैंकको संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ प्रतिशत गर्न आवश्यक प्रकृया अगाडी वढाउने निर्णय गरेको हो । त्यस अनुसार बैंकको संस्थापक शेयरधनीहरुको जानकारीको लागि सूचना जारी गरिएकाे छ ।

हाल संस्थापक तर्फको शेयर हिस्सा ५२.४९ प्रतिशत र सर्वसाधारण तर्फको ४७.५१ प्रतिशत हिस्सा रहेको छ ।

यस्तै बैंकले हालसम्म शेयर अभौतिकरण नगरेका शेयरधनीहरुलाई ययथाशीघ्र शेयर अभौतिकिकरण गर्न समेत आग्रह गरेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।