कोभिड १९ः ग्लोबल ट्रेण्ड विपरित चीनको अर्थव्यवस्था उकालो लाग्यो

Jan 19, 2021 06:54 PM BBC

चीनको अर्थतन्त्र पछिल्लो चार दशकभन्दा बढीको अवधिमा सबैभन्दा सुस्त गतिमा बढेको आधिकारिक तथ्याङ्कहरुले देखाउँछ। यद्यपि, विश्वका प्रमुख अर्थतन्त्रहरुमध्ये सन् २०२० मा बढ्ने एक मात्र अर्थतन्त्र बनेको छ।

सन् २०२० मा कोभिड १९ को लकडाउनले उत्पादन घटाएपछि त्यहाँको अर्थतन्त्र २.३ प्रतिशत मात्र बढ्यो।

भाइरस फैलावट रोक्नका लागि लागु गरिएको कडा नियम र व्यवसायहरुका लागि आकस्मिक राहतले आर्थिक सुधारका लागि टेवा दिएको हो।

गत वर्षको पछिल्लो ३ महिनामा त्यहाँको अर्थव्यवस्था ६.५ प्रतिशत बढ्यो।

‘जीडीपीको तथ्याङ्कले अर्थतन्त्र लगभग सामान्य भएको देखाउँछ। यो गति जारी रहनेछ, यद्यपि, उत्तरी चीनका केही प्रान्तहरुमा हालको कोभिड १९ प्रकोपका कारण अस्थायी रुपमा उतारचढाव हुन सक्छ,’ इकोनोमिस्ट इन्टेलिजेन्स यूनिटका प्रमुख अर्थशास्त्री यूए सू ले बताए।

रोयटर्सको एक सर्वेक्षण अनुसार, चीनको मूख्य भूमिको शेयर बजारका साथै हंगकंगको हाङसेङको हालैको तथ्याङ्क अनुसार केही वृद्धि भएको छ जसले अर्थशास्त्रीहरुको आशालाई बढाएको छ।

यद्यपि, सन् २०२० विकासको लागि सबैभन्दा ठूलो रोक थियो, देशव्यापी कारखाना र निर्माण संयन्त्रहरुको शटडाउनले गर्दा चार दशकयताकै सुस्त वृद्धिका लागि दबाब परेको थियो।

चीनको उत्पादनमूलक क्षेत्र फर्किएको प्रतीत भइरहेको छ।, सोमबारको तथ्याङ्क अनुसार औद्योगिक उत्पादनमा ७.३ प्रतिशतको वृद्धि भएको छ।

निर्यातले पनि लय समातिसकेको छ। पछिल्लो साताको तथ्याङ्कले देखाउँछ कि चीनको निर्यात डिसेम्बर अपेक्षा गरिएको भन्दा बढी बढेको छ। किनभने विश्वभरमा कोरोना भाइरसको गडबडीका कारण चीनी सामानहरुमो माग बढाएको छ।

युआन बलियो भएपनि यो बढेको हो, जसले विदेशी खरिददारहरुको लागि चिनियाँ निर्यात बढी महँगो बनाउँछ।

च्यानको अर्थतन्त्रमा एक मजबुत सुधार देखा परेको छ, जबकि विश्वका अन्य मुलुकहरु कमजोर माग, लाखौँ बेरोजगारी र व्यवसाय बन्दसँग संघर्ष गरिरहेको छ।

चीनको आर्थिक अवस्था क्रुर लकडाउनका कारण पहिलो त्रैमासको ६.८५ प्रतिशतको एतिहासिक संकुचनपश्चात चलायमान भएको छ।

हामी चिनियाँ तथ्याङ्कको बारेमा सतर्क रहनुपर्छ, चित्रहरु हेर्नुभन्दा पनि केही सावधानीका साथ तथ्याङ्कलाई पछ्याउदा चीनको अर्थतन्त्र कसरी विकास भयो भन्ने एक उपयोगी मार्गदर्शक हुनसक्छ।
यो तथ्याङ्कले देखाउँछ कि शहरहरुमा चाँडै र कडा लकडाउन गर्ने रणनीति सफल भयो।

सरकारी नेतृत्वको लगानी र चिनियाँ सामानहरुको वैश्विक मागले चीनलाई तिव्र रिकभर हुन र निर्यात बढाउन मद्दत गरेको छ।

तर पनि, ठूलो अर्थतन्त्रको लागि यो पछिल्लो ४ दशककै सबैभन्दा न्यून वार्षिक वृद्धि हो।
भाइरसको पुनरुत्थानको चिन्ताले पनि चीनको वृद्धि परिदृश्यकलाई ढाकिरहेको छ र उपभोक्ता माग अझै पनि कमजोर छ।

र बेइजिङ्ग अमेरिकासँग एक नराम्रो व्यापार सम्बन्धलाई दिशा दिने प्रयास गरिरहेको छ, यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा आगामी प्रशासनसँग चीन लचिलो हुने सम्भावना देखिँदैछ।

यी सबै चुनौतीहरुले गर्दा सन् २०२१ मा चिनियाँ विकासमा बाधा पर्नेमा कुनै शंका छैन–तर विश्वको अन्य अर्थतन्त्रको तुलनामा चीन राम्रो स्थानमा छ।

पछिल्लो तथ्याङ्कले सबै राम्रो समाचार मात्र दिएको छैन।

ली वाइ, स्ट्याण्डर्ड चार्टर्ड बैंकका वरिष्ठ अर्थशास्त्री महामारीसम्बन्धित निर्यात, उधारो बिक्री र घर खरिदबिक्रीले यस वृद्धिलाई टेवा दिएको छ जबकि आन्तरिक माग निकै कम रहेको बताउँछन्।

‘खाना, कपडा, फर्निचर र अन्य सामाग्रीहरुको घरेलु उपभोग पूर्व महामारीको स्तरभन्दा कम नै रहेको छ, जबकि हस्पिटालिटि र यातायातका क्षेत्रहरुमा क्षमता र प्रतिबन्धका कुराहरु अझै छन्,’ उनले रोयटर्सलाई बताए।

चौथो त्रैमासमा खुद्रा व्यापार ४.६ प्रतिशत बढेको भएपनि, वर्षभरीमा ३.९ प्रतिशत घटेको छ।

धेरै विश्लेषकहरुले सन् २०२१ मा चीनको वृद्धिले तिव्र गति लिने विश्लेषण गरिरहेका छन् तर, चीनको केन्द्रिय तथ्याङ्क विभागले महामारीको ठूलो प्रभावसहित ‘देश र विदेश दुबैमा गम्भिर र जटिल वातावरण’ हुने चेतावनी दिएको छ।

चीनले अमेरिकासँगको बढ्दो व्यापार तनाव र नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेपनि कस्तो भूमिका खेल्छ भन्ने चुनौतिहरुको सामना अझै गर्नुपर्ने देखिन्छ।

(बीबीसीका लागि एशिया विजनश संवाददाता करिश्मा वासवानीको विश्लेषण)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।