जसका लागि नागरिकता लेखिएको ठाउँमा क्लिक गर्नुहोस् । त्यसमा आफ्नो नागरिकता नम्बर,जारी भएको जिल्ला,जन्म मिति र जारी भएको मिति उल्लेख गर्नुपर्छ । त्यसपछि अगाडी बढ्नुहोस् । यदि खाता खोल्ने क्रममा नागरिकताको सबै प्रमाण र विवरण भरिसक्नु भएको पुनः विवरण पेश गर्नुपर्दैन ।
त्यसपछि अन्तिममा रहेको प्यान दर्ता गर्नुहोस् लेखिएको स्थानमा क्लिक गर्नुहोस् । आफुलाई पायक पर्ने राजस्व कार्यालय छानेर पुन अगाडी बढ्नुहोस् । त्यसपछि एपमा प्रमाणीकरण गराइसकेका विवरणहरु स्वतः भरिएर आउनेछन् ।आफनो मोबाइलबाट पासपोर्ट साइजको फोटाे खिच्नुपर्ने हुन्छ र मोबाइलमा पहिले नै छ भने त्यसलाई अपलोड गर्दा पनि हुन्छ ।
फारममा विवरण भर्न छुटेको र गलत भएको सच्याएर अगाडि बढुनुहोस्। यी प्रोसेस गरिसकेपछि निवेदन तयार हुन्छ र अन्तिममा दायाँ तर्फ रहेको बुझाउनुहोस भन्ने अप्सन देखिन्छ । उक्त स्थानमा क्लिक गरेपनि तपाईको प्यान दर्ता प्रक्रिया पुरा हुन्छ र प्यान कार्ड पाउन सकिन्छ ।