२४ घण्टामा उपत्यकाका २१८ जना सहित ३४८ जना कोभिड १९ संक्रमित थपिए, चार जनाको निधन

Jan 19, 2021 05:27 PM Merolagani

२४ घण्टामा देशभरमा ३४८ जना कोभिड १९ संक्रमित थपिएका छन् भने चार जनाको निधन भएको छ । हालसम्म नेपालमा कुल संक्रमितको संख्या दुई लाख ६७ हजार ९९२ र मृत्यु हुनेको कुल संख्या एक हजार ९६९ पुगेको छ ।

मंगलबार थपिने संक्रमितहरु काठमाडौं उपत्यकाका २१८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा उ्रल्लेख गरिएको छ । तीमध्ये काठमाडौंका १५९ जना ,ललितपुरका ३२ जना र भक्तपुरका २७ जना रहेका छन् ।

एक दिनमा चार हजार ९५६ पीसीआर परीक्षण भएको छ भने ४४१ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २० लाख २१ हजार ७१४ नमुना परीक्षण भइसकेको छ र कोरोना संक्रमण जित्नेको कुल संख्या दुई लाख ६२ हजार २५९ पुगेको छ ।

हाल क्वारेन्टिनमा १९० जना, संस्थागत आइसोलेसनमा ८४४ जना र सक्रिय संक्रमित तीन हजार ७६४ जना रहेको मन्त्रालयको विवरणले देखाउँछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।