कर्पोरेट डेभलपमेन्ट बैंक हकप्रद निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुग्यो

Jan 19, 2021 06:48 PM Merolagani

कर्पोरेट डेभलपमेन्ट बैंक (CORBL) हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ । बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्ड पुगेको हो ।

बैंकले चुक्ता पूँजीको १५० प्रतिशत अर्थात ३० लाख कित्ता हकप्रद निष्काशन गर्न माग गरेको छ । समस्याग्रस्त संस्थाबाट मुक्ता भएको यस बैंकले नेपाल राष्ट्र बैंकले तोके अनुसार न्यूनतम चुक्ता पूँजी कायम गर्न हकप्रद निष्काशन गर्न लागेको हो ।

बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।