पिपुल्स हाइड्रोपावरको प्राथमिक शेयर निष्काशनको लागि सानिमा क्यापिटल विक्री प्रबन्धक नियुक्त

Jan 19, 2021 06:38 PM Merolagani

पिपुल्स हाइड्रोपावर कम्पनीले (PEOPLES) सानिमा क्यापिटल लिमिटेडलाई (SanimaCapital) निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। कम्पनीले लमजुङ्गमा निर्माण गर्न लागेको सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ ५४ मे.वा. निर्माण गरीरहेको र आवश्यक स्वपुँजी समेत लगानी गर्ने भएकाे छ । 

यसैगरी जारी पूँजी दुई अर्व ७५ करोड रुपैयाँ मध्ये ८२ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरको ८२ लाख ५० हजार कित्ता शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्न लागेको हाे ।यसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हाे । सो सम्झौता पत्रमा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र पिपुल्स हाइड्रोपावरका प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् ।

पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि.को रुपमा दर्ता भई २०७५ फाल्गुण १५गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो । कम्पनीको गण्डकी प्रदेश, लमजुङ्गकाे दोर्दि गाउँपालिका (तत्कालीन ढोडेनी/फलेनी गा.वि.स.) मा बहने दोर्दीखोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ७०५ सम्पन्न भएको छ । आगामी २०७८ साल असोज महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।