यस सम्झौता पश्चात् ग्राहकहरुले लेभी रेस्टुरेन्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% छुट पाइनेछ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लेभी रेस्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका हुन् ।
बैंक अफ काठमाण्डूले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।