सुनचाँदीको भाउ निरन्तर दोश्रो दिन उकालो लाग्याे, कतिमा हुँदैछ काराेबार ?

Jan 20, 2021 11:27 AM Merolagani

सुनको भाउ निरन्तर दोश्रो दिन उकालो लागेको छ । माघ ७ गते, बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन ४०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बुधबार सुनसँगै चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन पनि चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।