यूनाइटेड इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा सम्पन्न, शेयर स्वामित्व संरचना परिवर्तन गर्ने

Jan 21, 2021 06:30 PM Merolagani

यूनाइटेड इन्स्योरेन्स कम्पनीको (UIC) २६ औं वार्षिक साधारण सभा माघ ७ गते वेबिनार मार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएको छ । साे सभाले बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित गरेकाे छ । 

उक्त साधारण सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरिएकाे छ । यस्तै आर्थिक वर्ष २०७६।०७७ का लागी बाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्टलाई नियुक्त गरिएको हो ।

कम्पनीको आ.व.२०७७।०७८ को वित्तीय विवरणमा कुल बीमाशुल्क आम्दानी ४८ करोड ८० लाख ३३ हजार ४४५ रुपैयाँ रहेको छ । खुद बीमाशुल्क आम्दानी २३ करोड ७ लाख ५२ हजार ४२६ रुपैयाँ रहेकोमा खुद नाफा २ करोड २२ लाख १२ हजार १०२ रुपैयाँ रहेको छ । यस कम्पनीको लगानी गत आ. व. को तुलनामा ३.९३ प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा ६९ लाख ८४ हजार ४२ हजार १३१ रुपैयाँ पुगेको छ । आ.व. २०७५।०७६ मा कम्पनीको कुल कारोवार गत आ. व. २०७४।०७५ को तुलनामा २.२५ प्रतिशतले वृद्धि भई ४८ करोड ८० लाख ३३ हजार ४४५ रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।