चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफामा कमी आएको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४९ करोड ३८ लाख रुपैयाँ रहेको छ।
सो अवधिसम्ममा बैंकले २ अर्ब ९८ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.६४ प्रतिशत कम हो। त्यसैगरी, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २.०८ प्रतिशत घटेर २ अर्ब ३३ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ।
१४ अर्ब २४ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको शेयर प्रिमियममा ३ करोड २५ लाख रुपैयाँ, शेयरधनी कोषमा ३ अर्ब ११ करोड ६२ लाख रुपैयाँ र जगेडा कोषमा १२ अर्ब १५ करोड ३७ लाख रुपैयाँ सञ्चित छ। यस वर्षको पहिलो ६ महिनामा बैंकको शेयरधनी कोष र जगेडा कोष क्रमशः १८.८३ प्रतिशत र १८.३५ प्रतिशत बढी हो।
खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २घ रुपैयाँ ३९ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १९ रुपैयाँ ७१ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात २१.७८ गुणा कायम भएको छ।
त्यसैगरी, समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.९० प्रतिशतबाट घटेर २.७५ प्रतिशतमा झरेको छ। बैंकको बेस रेट (त्रैमासिक औषतमा) ८.५३ प्रतिशतबाट ६.५६ प्रतिशत र स्प्रेड रेट ५.१६ प्रतिशतबाट ४.१४ प्रतिशतमा झरेको छ।