मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार

Jan 21, 2021 07:42 AM Merolagani

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अवधिसम्ममा बैंकको अधिकांश सुचकमा सुधार भएको विवरणमा देखिएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.२८प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा सामान्य मात्र सुधार देखिएपनि अन्य सञ्चालन आम्दानी बढेका कारण बैंकको खुद नाफा ३० प्रतिशत बढेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५२ करोड ५५ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.८० प्रतिशत बढेर १ अर्ब १६ करोड २४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २८.१९ प्रतिशत बढेर ८६ करोड ५२ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी १ करोड ३० लाख रुपैयाँबाट बढेर ३१ करोड १४ लाख रुपैयाँ पुगेको छ। यही आम्दानीले बैंकको खुद नाफा वृद्धिदर बढाउन टेवा पुर्याएको हो।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ४६ पैसा रहेको छ।

पुस मसान्तसम्ममा ४ अर्ब ८१ करोडा रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९३ लाख ३० हजार रुपैयाँ र रिटेन्ट अर्निङ्गमा ५३ करोड २६ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी ११.२५ प्रतिशत र जगेडा कोष १४.३९ प्रतिशत बढेको छ भने रिटेन्ट अर्निङ्ग १३.२२ प्रतिशत घटेको छ।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप ३०.६४ प्रतिशत बढेर ७४ अर्ब ८७ करोड २२ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी २२.२७ प्रतिशत बढेर ५८ अर्ब २७ करोड ४० लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा बैंकको निष्क्रिय कर्जा ०.११ प्रतिशतबाट बढेर ०.३० प्रतिशतमा पुगेको छ। समीक्षा अवधिमा बैंकको आधार दर ११.१८ प्रतिशतबाट ८.३८ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ५.६६ प्रतिशतबाट ४.९९ प्रतिशतमा झरेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।