बाइडन शासनमा आएसँगै एशियाली शेयर बजार नयाँ उचाईमा, भारतीय शेयर बजारले पार गर्याे ५० हजारको बिन्दु

Jan 21, 2021 12:38 PM Merolagani

बिहीबार एशियाली शेयर बजार रेकर्ड स्तरमा पुगेको छ । अमेरिकी राष्ट्रपतिका रुपमा बुधबार बाइडनले शपथ लिएसँगै लगानीकर्ताहरु कोरोना महामारीबाट थलिएको अर्थतन्त्रलाई उकास्नका लागि अधिक आर्थिक प्रोत्साहनका लागि आशावादी हुदाँ एशियाली शेयर बजार नयाँ उचाईमा पुगेको हो । 

यसदिन जापान बाहिरको एशिया–प्यासिफिक शेयर सूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । उक्त सूचक यसदिन ०.८५ प्रतिशतले बढेको छ ।

यसैगरी चीनियाँ ब्लू–चिप्स शेयर १.२ प्रतिशतले बढेको छ, जबकि अस्ट्रेलियाको शेयरमा ०.६९ प्रतिशतको बढोत्तरी देखिएको छ ।

जापानको निक्केई सूचक यसदिन ०.७२ प्रतिशतले बढेको छ ।

भारतीय शेयर बजार परिसूचक ५० हजार बिन्दु माथि
भारतीय शेयर बजार परिसूचक सेन्सेक्सले पहिलो पटक ५० हजारको बिन्दु पार गरेको छ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा जो बाइडन शासनमा आएसगै यसको असर भारतीय शेयर बजारमा पनि देखिएको हो ।

बिहीबार सेन्सेक्स सूचक २५८ अंकको बढोत्तरीका साथ ५० हजार ५०.२७ बिन्दुमा कारोबार गरिरहेको छ ।
यसैगरी निफ्टी सूचक पनि ७४.६५ अंकको बढोत्तरीका साथ १४ हजार ७१९.३५ बिन्दुमा कारोबार गरिरहेको छ ।

योसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण १९८.८१ लाख करोड रुपए नाघेको छ । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।