वैदेशिक व्यापारसँगै घट्यो आयात, यी हुन् धेरै आयात र निर्यात हुने बस्तु

Jan 21, 2021 02:18 PM Merolagani

सरकारको वैदेशिक व्यापार घट्दै जाँदा व्यापार घाटा पनि केहि कम भएको छ। पछिल्लो समय आयात घट्नु निर्यात बढ्नु र सरकारको समग्र व्यापारमा समेत कमी आउनुले व्यापार घाटा केहि घटेको हो।

भन्सार विभागले सार्वजानिक गरेको तथ्याँक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तमा गत वर्षको यसै अवधिको तुलनामा सरकारको व्यापार घाटा ५.८० प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तमा ६ खर्ब ३७ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको मुलुकले यस वर्ष ६ अर्ब ४४ लाख रुपैयाँको मात्रै व्यापार घाटा व्यहोरेको छ।

चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ६१ अर्ब रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ। गत वर्षको यसै अवधिमा ६ खर्ब ९४ अर्ब रुपैयाँको बस्तु आयात भएकोमा यस वर्ष आयात ४.८१ प्रतिशतले घटेको हो।

गत वर्षको तुदनामा आयात घटेपनि अघिल्लो महिनाहरुको तुलनामा भने पुसमा आयात बढेको छ। मींसर १ खर्ब २५ अर्बको बस्तु आयात भएकोमा पुसमा १ खर्ब ३५ अर्बको बस्तु आयात भएको छ। 

 

त्यस्तै पछिल्लाे समय निर्यात पनि बढेको छ। गत वर्षको पुस मसान्तसम्ममा ५७ अर्ब २७ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात भएकोमा यस वर्ष यस्तो निर्यात ६.१४ प्रतिशतले बढेर ६० अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।

निर्यात बढेर आयात कम हुँदै जाँदा कुल व्यापारमा आयात र निर्यातको हिस्सा समेत फेरिदै गएको छ। पुस मसान्तसम्ममा कुल बैदेशिक व्यापारमा निर्यातको हिस्सा बढेर ८.८२ प्रतिशत पुगेको छ भने आयातको हिस्सा घटेर ५१.५८ प्रतिशतमा झरेको छ।

  • सबैभन्दा बढी आयात हुने बस्तुको पहिलो स्थानमा डिजेल

चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी आयात हुने बस्तुको पहिलो स्थानमा डिजेल रहेको छ। लकडाउनको समयमा डिजेलको आयात केहि घटेको भए पनि लकडाउन खुलेर सवारी साधन र उद्योग सञ्चालनहरु आएसँगै फेरी डिजेलको आयात बढेको हो।

यस अवधिमा ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ। 

त्यस्तै अर्धनिर्मित फलाम तथा स्टिलको सामानको आयात पनि धेरै नै छ। यस अवधिमा यस्ता सामानहरु मात्रै २९ अर्ब ६६ करोड रुपैयाँको आयात भएको छ।

बढी आयात हुने बस्तुको तेस्रो स्थानमा मोबाइल फोन रहेको छ। ६ महिनामा २० अर्ब ६३ करोड रुपैयाँको मोबाइल फोन आयात भएको छ। लकडाउन यता मोबाइल फोनको आयात झनै बढेको छ। ल्यान्डलाइन भन्दा मोबाइलफोनको प्रयोग बढ्दा यसको आयात बढ्दै गएको हो।

  • निर्यातमा पाम आयलको स्थान लिँदै भटमास तेल

निर्याततर्फ सबैभन्दा ठुलो हिस्सा भटमासको तेलको रहेको छ। पछिल्लो ६ महिनामा १७ अर्ब ३ करोड रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ। पाम आयलको निर्यातमा भारतले प्रतिबन्ध लगाएपछि त्यसको स्थान भटमासको तेलले लिन खोजेको छ। पछिल्लो केहि महिना देखि नै यसको निर्यात बढ्दो छ।

त्यसैगरी अलौची पनि धेरै निर्यात हुने बस्तुमध्ये एक हो। भन्सार विभागको तथ्याँक अनुसार भटमासको तेल पछि अलौची सबैभन्दा बढी निर्यात हुने बस्तु हो। पुस सम्ममा विभिन्न देशमा ३ अर्ब ८१ करोड रुपैयाँको अलैची निर्यात भएको छ।

त्यस्तै कार्पेट र कालो चियाको निर्यात पनि बढी नै छ। यस अवधिमा कार्पेट र कालो चिया क्रमश ३ अर्ब ५२ करोड र २ अर्ब ६३ करोड रुपैयाँको निर्यात भएको छ।

यस अवधिमा विरगञ्ज भन्सारबाट मात्रै २ खर्ब ८ अर्ब भन्दा बढीको बस्तु तथा सेवा आयात भएको छ। त्यस्तै भैरहवाबाट १ अर्ब २८ अर्बको बस्तु तथा सेवा आयात भएको भन्सार विभागको तथ्याँकले देखाँउछ। निर्यातमा पनि यीनै दुई भन्सारको हिस्सा धेरै छ। विरगञ्ज र भैरहवा भन्सारबाट क्रमशः १९ अर्ब र १५ अर्बको बस्तु तथा सेवा निर्यात भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।