कोरोना भाइरसको लागि नयाँ भ्याक्सिन बनाउदै अक्सफोर्ड यूनिभर्सिटीका वैज्ञानिक

Jan 21, 2021 05:30 PM Merolagani

भ्याक्सिन बनिसक्दा पनि कोरोनाको त्रास अझै पनि पूरै विश्वभर रहेको छ । विश्वमा हालसम्म कोभिड–१९ बाट ९ करोड ७३ लाखभन्दा अधिक संक्रमित भइसकेका छन्। तीमध्ये २० लाख ८३ हजार भन्दा मानिसहरुले कोरोनाका कारण आफ्नो ज्यान गुमाइसकेका छन् । 

यति मात्र नभई कयौँ देशहरुमा कोरोनाको नयाँ प्रकारले मानिसहरुलाई आफ्नो चपेटामा पारिरहेको छ।

बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ प्रकार आएसँगै कयौँ देशले यसको नियन्त्रणको तयारी सुरु गरिसकेका पनि छन् । यसका अलावा अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाका वैज्ञानिकहरुले संयुक्त रुपमा उक्त नयाँ भाइरसँग लड्नका लागि भ्याक्सिन बनाउने काम गरिरहेको बताइएको छ ।

वैज्ञानिकहरु जतिसक्दो छिटो भ्याक्सिन बनाउने तयारीमा लागेका छन् । ताकि, नयाँ र प्रभावकारी भ्याक्निस बनाउन सकियोस् भन्ने बताइएको छ ।

अक्सफोर्ड यूनिभर्सिटीका वैज्ञानिकका अनुसार, उनीहरु भ्याक्सिनको प्रतिरोधात्मक क्षमता माथि पर्ने नयाँ कोरोना भाइरसको रुपको प्रभावको सावधानीपूर्वक आँकलन गरिरहेका छन् ।

यसका अलावा वैज्ञानिकहरुले कसरी नयाँ तरिकाबाट कोभिड–१९ भ्याक्सिनलाई छिटो बनाउन सकिन्छ भन्ने विषयमा आँकलन गरिरहेको बताइएको छ । एजेन्सीको सहयोगमा 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।