यामाहा मोटरसाइकल तथा स्कुटरको मूल्य बढ्यो, यस्तो छ मूल्य सूची

Jan 21, 2021 04:50 PM Merolagani

नेपालमा यामाहा मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको छ । नेपालका लागी यामाहा मोटरसाइकलको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले बाइकको  मूल्य बढाइको हो । 

कम्पनीले सार्वजनिक गरेको मुल्यसूची अनुसार एमटी १५ र आर १५ भी ३ को मूल्यमा ८ हजार रुपैयाँले बढेको छ । त्यस्तै एफजेडएस भी ३ को मूल्यमा ६ हजार रुपैयाँले वृद्धि भएको छ । 

यामाहा रेजेडआर १२५ एफआई स्कुटरको मूल्य ७ हजार र रेजेडआर १२५ एफआइको मूल्यमा ५ हजार रुपैयाँले बढेको छ । फसिनो १२५, सलुटो, एसजेडआरआर, एफजेडएस भी २ , भी ३, एमटी १५ एफजेडएस २५ लगायत अन्य मोडलको समेत मूल्य बढेको कम्पनीले जनाएको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।