पाँच हजार ३० नमुना परीक्षणमध्ये ३३६ जनामा कोरोना पुष्टि, उपत्यकाका १९८ जना

Jan 21, 2021 04:54 PM Merolagani

एक दिनमा देशभरमा ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार ३० नमुना परीक्षणमध्ये सो पुष्टि भएको हो । यसरी हालसम्म संक्रमितको कुल संख्या दुई लाख ६८ हजार ६४६ र पीसीआर परीक्षणको कुल संख्या २० लाख ३१ हजार ७५६ पुगेको छ ।

बिहीबार काठमाडौं उपत्यकाका १९८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौंका १४६ जना, ललितपुरका ३६ जना र भक्तपुरका १६ जना रहेका छन् ।

यस्तै सोहि अवधिमा संक्रमणका कारण चार जनाको निधन भएको छ भने कोरोना निको हुने २२६ जना छन् । नेपालमा अहिलेसम्म कुल एक हजार ९७९ जनाले कोभिड १९ कारण ज्यान गुमाएका छन् । कोरोना जित्ने कुल संख्या भने दुई लाख ६२ हजार ८६८ रहेको छ ।

हाल देशमा सक्रिय संक्रमित तीन हजार ७९९ जना , क्वारेन्टिनमा १७२ जना र संस्थागत आइसोलेसनमा ८९२ जना छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।