शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट, साताभर सुन प्रतिताेला ४०० रुपैयाँले बढ्याे

Jan 22, 2021 01:16 PM Merolagani

निरन्तर उकालो लागेको सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। माघ ९ गते, शुक्रबार सुन तोलामा २०० रुपैयाँले घटेको हो।

आज छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी, शुक्रबार चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ। बिहीबार प्रतितोला एक हजार २७५ रुपैयाँमा किनबेच भएको चाँदी यस दिन तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार हुँदैछ।

सातामा ४०० रूपैयाँ बढ्याे सुनकाे मूल्य

यस साताको पहिलो दुूई कारोबार दिन आइतबार र सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको थियो। त्यसपछि लगातार तीन दिनको मूल्य वृद्धिपछि शुक्रबार मूल्य घटेको हो। गत शुक्रबार ९२ हजार ४०० रूपैयाँमा काराेबार भएकाे सुन यस साताकाे शुक्रबार ४०० रूपैयाँ बढेर ९२ हजार ९०० रूपैयाँमा काराेबार भइरहेकाे छ। यस साता सुनको मूल्य सबैभन्दा कम प्रतितोला ९१ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो भने साताको सबैभन्दा उच्च विन्दुमा बिहीबार ९३ हजार १०० रुपैयाँसम्म पुगेको हो।

चाँदीको भाउमा पनि यस साता सामान्य उतारचढाव देखिएको थियो। साताको पहिलो दिन आइतबार चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएकोमा बिहीबार प्रतितोला एक हजार २७५ रुपैयाँसम्म पुगेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।